छात्राहरुमा मास हिस्टेरिया अझै नियन्त्रणमा आएन

जुम्ला, १६ वैशाख । तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ ।

चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई/तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए । “त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु ग¥यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन” प्रधानाध्यापक केसीले भने ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा– ८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उनले भने । उनी भन्छन्, “यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ ।” उनका अनुसार छात्राहरुको रोगको निदानका लागि अभिभावकले स्थानीय विधि धामीझाँक्री गरिरहेका छन् तर रोग दोहिरिरहेको छ ।

प्रधानाध्यापक केसीकाअनुसार लामो समयसम्म लम्बिएको यो रोगका कारण विद्यालय पठनपाठनको वातावरण प्रतिकुल बन्दै गएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *