जौ को सातु खाँदा स्वास्थ्यमा के फाईदा ?

आज बैशाख शुक्ल तृतीया अर्थात जौको सातु खाने दिन । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षयअर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ ।

आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ । यसो गरेमा भगवान् विष्णु खुसी हुनुहुने धार्मिक विश्वास छ ।
तर धार्मिक विश्वास मात्रै होइन, जौको सातुले स्वास्थ्यमा पनि निक्कै धेरै फाइदा पुरयाउँछ ।

हिन्दु परम्परा अनुसार जौलाई बिशेष गरी पूजाआजामा प्रयोग गर्ने गरेको पाइन्छ । जौ पौष्टिक खाद्यबस्तु हो । जौलाई स्वास्थ्यका दृष्टिले  औषधीका रुपमा पनि प्रयोग गरिन्छ ।

  • जौको सेवन गर्नाले शरीरमा बिभिन्न किसिमका रोग लाग्नबाट बचाउँछ । जौको पिठो निकालेर त्यसलाई रोटी बनाएर खानाले ब्लड शुगरको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ ।
  • साथै यसको सेवनले भोक नियन्त्रण पनि गर्छ । जौको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
  • जौको पिठोमा  प्रशस्त मात्रामा प्रोटीन, क्याल्शियम तथा भिटामिन हुन्छ जसको नियमित सेवनले हड्डी बलियो बनाउँछ ।
  • जौको नियमित  सेवनले हड्डी दुखाइ कम गर्न मद्दत मिल्छ । जौको सेवनबाट शरीरलाई प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *