फर्मासिस्टले पाए २० हजार डलरको अन्तर्राष्ट्रिय ‘फेलोसिप’

काठमाडौँ, १६ बैशाख । फर्मासिस्ट प्रदीप लम्सालले २० हजार डलर (२० लाख रुपैयाँ भन्दा बढी)को अन्तर्राष्ट्रिय  ‘फेलोसिप’ पाएका छन् । ग्लोवल हेल्थ डेलिभरी इन्सेन्टिभ कोर्षका लागि उनले सो फेलोसिप पाएका हुन् ।

युएई सरकार र हार्डवर युनिभर्सिटीले संयुक्त रुपमा प्रदान गरेको यो फेलोसिप एक बर्षका लागि हो । ‘ग्लोबल सर्जरी प्रोग्राम’ अन्तर्गतको यो कोर्षमा सबैलाई ‘सर्जिकल’ उपचारको पहुँचमा कसरी पुरयाउने भन्ने विषय केन्द्रीत हुनेछ ।

‘यो ‘हेल्थ कियर लिडरसीप ट्रेनिङ’ हो । विश्वका ६ देशबाट ६ जनाले मात्रै यो फेलोसिपमा छनौट भएका छौँ । त्यसमा नेपालबाट म परेको छु,’ नेपाल फार्मेसी परिषदका पूर्व सदस्य समेत रहेका लम्सालले भने ।

उनले आफ्नो कोर्षमा आम सर्वसाधारणलाई औषधिको पहुँचमा कसरी पुरयाउने भन्ने विषयमा समेत केन्द्रीत गर्न लागेको बताए ।

स्वास्थ्यकर्मी माथि हुने दुव्र्यवहारको अनुसन्धान गरिदै
यसैबीच नेपालमा स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारबारे नयाँ अध्ययन गरिने भएको छ । अमेरिकास्थित बोस्टन चिल्ड्रेन हस्पिटलका अनुसन्धानकर्ताले नेपाली प्रतिनिधीसंगको सहयोगमा अनुसन्धान गर्न लागेको हो ।

त्यसको संयोजन समेत हेल्थ कियर लिडरसिप ट्रेनिङको अवसर पाएका लम्सालले गर्ने बताएका छन् । ‘हामीले विभिन्न पाँचवटा फोकस ग्रुप छुट्याई त्यसैबाट डाटा कलेक्सन अध्ययन गर्ने क्रममा छौँ । यो अनुसन्धानले नेपालमा स्वास्थ्यकर्मीमाथि बढदै गएको कारण पत्ता लगाउनेछ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “फर्मासिस्टले पाए २० हजार डलरको अन्तर्राष्ट्रिय ‘फेलोसिप’

Leave a Reply

Your email address will not be published. Required fields are marked *