न्याम्सका चिकित्सक कर्मचारीको सेवा सुविधा व्यवस्थित गर्न कार्यदल गठन

काठमाडौँ, १५ बैशाख । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कर्मचारीहरुको सेवा सर्त सुविधालाई थप व्यवस्थित गर्न चारवटा निकायका प्रतिनिधीरहने गरि कार्यदल गठन गरिएको छ ।

कार्यदलमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्रतिनिधी सहित स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधी रहनेछन् ।

न्याम्सको आज सम्पन्न सिनेटको  २३ औँ बैठकले सेवा सर्त सुविधा सम्वन्धी अध्ययन गर्न कार्यदल गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले कार्यदलले दिने सुझावको आधारमा चिकित्सक कर्मचारीहरुको सेवा सर्त सुविधाको बारेमा नयाँ व्यवस्था हुने बताए ।

आज बसेको बैठकले यसबर्षको निक साईमन विशाल कर्माचार्य मेमोरियल अवार्ड नेत्र विशेषज्ञ डा बरुण श्रेष्ठलाई प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

त्यस्तै रेडियोलोजी विभाग तर्फ आवश्यक केही दरबन्दी थप्ने प्रस्ताव समेत अनुमोदन भएको छ । सात आठ वटा दरबन्दी अव थपिन्छ होला उपकुलपति गुरुङले छोटो जवाफ दिए ।

त्यस्तै तत्कालिन उपकुलपति प्राडा दामोदर पोखरेलको पालामा रोकिएको आर्थिक बर्ष २०६६ ६७ को को आर्थिक प्रतिवेदन समेत आजको बैठकले अनुमोदन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *