गौतमबुद्ध सामुदायिक मुटुअस्पतालमा बिरामीलाई ‘क्याथ ल्याब’ सेवा प्रदान

बुटवल, १५ वैशाख । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालन गरेको ‘क्याथ ल्याब’बाट सुनवल नवलपरासी निवासी ५८ वर्षीय रामबहादुर नगरकोटीको पहिलो पटक एन्जियोप्लाष्टी सेवा प्राप्त गरेका छन्।

अस्पतालका निर्देशक वरिष्ठ मुटु रोग विशेषज्ञ डा समिर गौतम र डा मुरारी बाराकोटीलगायतको टोलीले नगरकोटीको एन्जियोप्लाष्टी सफलतापूर्वक गरेको अस्पतालले जनाएको छ ।

निज नगरकोटीको मुटुको एउटा नली ९० प्रतिशत रोकिएकामा एन्जियोप्लाष्टीबाट खोल्ने काम भएको अस्पतालका निर्देशक डा गौतमले जानकारी दिए।

विगत तीनवर्ष अघिदेखि सञ्चालित यो अस्पतालमा यसै हप्तादेखि क्याथल्याब सेवा समेत सञ्चालन भएको हो । मुटुको सामान्य उपचार समेत गराउन राजधानी धाउनुपर्ने अवस्थामा जर्मनीमा निर्मित विश्व प्रख्यात सिमेन्स कम्पनीले उपलब्ध गराएको उपकरणबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर राख्ने काम समेत यसै अस्पतालबाट सुरु गरिएपछि यस क्षेत्रका मुटुका बिरामीले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

उनका अनुसार काठमाडौँको शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले लिँदै आएको शुल्कमै यस अस्पतालको क्याथ ल्याबबाट सेवा उपलब्ध हुनेछ । रोटरी क्लब अफ बुटवलले रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ट अन्तर्गत रु ६ लाख १५ हजार युएस डलरको यो आयोजना स्वीकृत भएको थियो । रोटरी क्लब अफ बुटवलले रु एक करोड, रोटरी क्लब अफ सेन्ट्रल बुटवलले रु तीन करोड र रोटरी फाउन्डेसनबाट रु दुई करोड ५० लाख गरी क्याथल्याबका लागि साढे रु ६ करोड लगानी भएको हो ।

रुपन्देही उद्योग सङ्घको संरक्षकत्वमा २०६९ सालमा स्थापना भएको गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालित यो अस्पताल हालसम्म आइपुग्दा चारवटा रोटरी र एउटा रोट्¥याक्ट क्लबसँगको सहकार्यमा सञ्चालन हँुदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *