पाल्पामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दो

पाल्पा, १५ वैशाख । पाल्पामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दो रहेको पाइएको छ । यस आर्थिक वर्षको साउनदेखि यता हालसम्म एकसय ६९ जनाले स्थायी बन्ध्याकरण गरेको पाइएको छ जसमा महिला एकसय २१ र पुरुष ४८ रहेका छन् ।

मानिसमा शिक्षा र चेतनाको विकास हुँदै गएपछि पछिल्लो समय स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या बढ्दो रहेको हो । आव २०७१/७२ मा दुईसय छ महिला र ९४ पुरुष गरी जम्मा तीन सयले स्थायी बन्ध्याकरण गरेका छन् भने आव २०७२/७३ मा एकसय ४४ महिला र एक सय ३९ पुरुष गरी जम्मा दुईसय ८३ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार नेपालकै तुलनामा पाल्पामा परिवार नियोजनको अवस्था राम्रो रहेको र यहाँ स्थायी र अस्थायी दुवै परिवार नियोजनका साधन प्रयोग गर्ने महिला पुरुषको उल्लेख्य सङ्ख्या दिन प्रतिदिन बढ्दो रहेको छ ।

आव ०७२/७३ मा पिल्स प्रयोग गर्ने महिलाको सङ्ख्या सात हजार आठ सय ५५, डिपो प्रयोग गर्ने महिलाको सङ्ख्या चारहजार एकसय ९०, आइयुसिडी प्रयोग गर्ने महिलाको सङ्ख्या दुईहजार तीनसय ६४, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या एकहजार सातसय ९१ रहेको छ ।

यस आवमा हालसम्म पिल्स प्रयोग गर्ने दुईहजार ४८, डिपो प्रयोग गर्ने तीन हजार ५३, आइयुसिडी प्रयोग गर्ने दुईहजार तीनसय ८२, इम्प्लान्ट प्रयोग गर्नेको सङ्ख्या दुई हजार ९२ रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *