विशेषज्ञ चिकित्सकको अवस्था : आवश्यक ३३ सय, दरबन्दी साढे ६ सय

– सुधिर ढुंगेल

काठमाडौँ १५ बैशाख । आगामी सात बर्ष भित्र ३ हजार ३ सय विशेषज्ञ चिकित्सक आवश्यक पर्ने सरकारले जनाएको छ । अहिले सरकारी निकायमा ६ सय ७१ दरबन्दी रहेको छ ।

त्यसमा ३११ जना चिकित्सक मात्रै कार्यरत छन् ।

विशेषज्ञको माग र पूर्तीबीच ठूलो खाडल रहेपछि स्वास्थ्य मन्त्रालयले यसैबर्ष देखि अञ्चल तथा उपक्षेत्रीय अस्पतालबाट समेत विशेषज्ञ कोर्ष सुरु गर्ने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्री गगन थापाले यसैबर्ष देखि १८ वटा अञ्चल अस्पताल, क्षेत्रीय तथा उपक्षेत्रीय अस्पतालहरुबाट विशेषज्ञ कोर्ष सुरु गर्ने जनाएका छन् । ‘पढाईका लागि न्युनतम मापदण्ड पूगेका अस्पतालहरुबाट विशेषज्ञ कोर्ष सञ्चालन हुनेछन्,’ मन्त्री थापाले भने ।

यसअघि मन्त्रालयले विशेषज्ञ नपुगेका जिल्ला अस्पतालहरुमा १ फागुन देखि विशेषज्ञ सेवा पुरयाउने घोषणा गरेको थियो । विशेषज्ञ अभावकै कारण सो घोषणाको प्रभावकारी कार्यान्वनय हुन सकेको छैन् ।

केही मेडिकल कलेज तथा प्रतिष्ठानबाट आवासीय चिकित्सकलाई तीन महिनाका लागि जिल्लामा पठाउने व्यवस्था गरेपनि सो समेत समेत कार्यन्वनयमा आएको छैन् ।

मन्त्री थापाले सोही समस्या समाधान गर्नका लागि सात बर्षे योजना अघि सारेर काम सुरु गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *