जङ्गली च्याउ खाँदा एकै परिवारका छ जना बिरामी

इलाम, १२ वैशाख । जङ्गली च्याउ खाँदा इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना सिकिस्त विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका हुन् ।

सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि उनीहरु बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी भएका सबैको अवस्था गम्भीर रहेको इलाम अस्पतालका हेल्थ असिस्टेन्ट टिका लुइँटेलले जानकारी दिए। उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार गरेर सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *