कान्तिका डाक्टरमाथि मुक्का प्रहार गर्ने विरुद्ध सार्वजनिक अपराधको मुद्धा

आक्रमणकारी अनिल श्रेष्ठ, रातो टिसर्ट

काठमाडौँ, १० बैशाख । कान्ति अस्पतालका डाक्टर मुकुन्दकुमार देव माथि मुक्का प्रहार गर्ने विरामीका आफन्त अनिल श्रेष्ठलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तरगर्त मुद्धा दायर  गरेको छ ।

श्रेष्ठले बुधबार दिउसो कान्ति अस्पतालको आकस्किम कक्षमा कार्यरत आवासीय चिकित्सक डा देव माथि मुक्का प्रहार गरेका थिए । घटनापछि फरार रहेका श्रेष्ठलाई गत शुक्रबार महाराजगञ्ज बृद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

महाराजगञ्जका डिएसपी गोविन्द पुरीले सार्वजनिक अपराध अन्तरगतमुद्धा चलाउने प्रक्रिया अघि बढेको बताए । जिल्ला प्रशासन कार्यालयले श्रेष्ठलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न म्याद दिएको समेत जानकारी दिए ।

यसैबीच चिकित्सक माथि हातपात गर्ने विरुद्ध जेल विथ आउट बेल हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका चिकित्सक र तीनका पेशागत संगठनका प्रतिनिधीले आज जिल्ला प्रसाशन कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरुले चिकित्सक माथि दुव्वेवहार गर्ने माथि कडा कारबाहीको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएको डा तोशिमा कार्कीले जानकारी दिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *