बहुक्षेत्रीय पोषण योजनासम्बन्धी अभिमुखीकरण

जुम्ला, १० वैशाख । पोषण र यसको महत्वलाई जोडेर सरोकारवालाहरुलाई बहुक्षेत्रीय पोषण योजनासम्बन्धी एकदिने अभिमुखीकरण गरिएको छ ।

जिल्ला समन्वय समिति, जुम्लाले वडा सचिव, सामाजिक परिचालक र सरोकारवालाहरुलाई बहुक्षेत्रीय पोषण योजनाका विषयमा शनिबार अभिमुखीकरण गरेको हो । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले सरोकारवालाहरmलाई पोषणजस्तो महत्वपूर्ण योजनालाई लक्षित वर्गसँग पु¥याई यसको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।

स्थानीय विकास अधिकारी बेल्बासेले साविकका १५ गाविसमा लाखौँको रकम पोषणमा राज्यले खर्च गरेको अवस्थामा इमान्दारिताका साथ समुदायसामु पोषणसम्बन्धी जनचेतना फैलाउन वडा सचिव र सामाजिक परिचालकहरुलाई निर्देशन दिए । कर्णाली अञ्चलका अति कुपोषित बालबालिकाको जीवनशैली परिवर्तन गर्न पोषण योजना निरन्तर छ, लक्षित समुदाय र अति गरिब घरपरिवारलाई यसको महत्वबारे जानकारी गराउन अभिमुखीकरण गरिएको हो ।

बहुक्षेत्रीय पोषण योजनाका जुम्ला संयोजक शुक्रराज विकले बहुक्षेत्रीय पोषण योजनाको कार्ययोजना यसको कार्य क्षेत्रमा पर्ने साविकका पुराना वा नयाँ गरी १५ गाविसमा लागू गरिएको जानकारी दिए । जसमा पुराना पाँच गाविसअन्तर्गत गज्र्याङकोट, छुमचौर, कुडारी, कालिकाखेतु, पाण्डागुफा र १० नयाँ गाविस तलिउम, ताम्ती, लाम्रा, रारालिही, घोडेमहादेव, मालिकाठाटा, महावैपाथरखोला, डिल्लीचौर, धापा र तातोेपानी रहेको छ ।

जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले पोषण योजनासम्बन्धीका महत्वपूर्ण सूचकलाई बुँदागत रुपमा व्याख्या गरेका थिए । अधिकृत बुढाथापाले पोषण र जीवन, बाल मृत्युदरको अवस्था, जुम्लाको पोषणको स्थिति, सुनौला एक हजार दिनबारे अभिमुखीकरण कार्यक्रमका सहभागीलाई जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *