राउटे युवा कपिलको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ, ९ बैशाख । ट्रमा सेन्टरमा उपचाररत राउटे युवा कपिल शाहीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । शनिबार शाहीको स्वास्थ्य अवस्था बुझ्न पुगेका स्वास्थ्य मन्त्री गगन थापाले सो घोषणा गरेका हुन् ।

अछामको पियालतडामा बस्दै आएका कपिल २०७२ पुसमा आगो ताप्ने क्रममा गत पोलिएर गम्भीर घाइते भएका थिए । उपचारको पहुच नभएका राउटे समुदायका घाइते घरमै थलिएर रहेका थिए ।

‘संरक्षण गर्नुपर्ने समुदायका भएकोले उनको उपचार राज्यले गर्छ,’ शाहीलाई भेटन शनिबार अपरान्ह ट्रमा सेन्टर  पुगेका मन्त्री थापाले भने, ‘उपचारमा कुनै कमि हुन दिदैनौँ ।’

मन्त्री थापाले राउटे समुदायलाई बीमाको दायरामा ल्याइने र उनीहरुको प्रिमियम सरकारले तिर्ने बताए । अस्पतालमा उपचार गर्न आउन नमान्ने भएकोले उनीहरुको लागि घुम्ति स्वास्थ्य क्लिनिकको व्यवस्था गरिने समेत जानकारी दिए । उनले राउटेलाई पोषणयुक्त खानेकुराको व्यवस्था गर्न पनि कार्ययोजना बनाइने जानकारी दिए ।

कुराकानीका क्रममा राउटे बस्तीका मुखिया मैनबहादुर शाहीकी छोरी समेत विरामी अवस्थामा राउटे बस्तीमै रहेको जानकारी पाएपछि थापाले त्यहिबाट एम्वुलेन्सको व्यवस्था गरि उपचारको व्यवस्था मिलाउन जिल्ला जनस्वास्थ्यलाई निर्देशन दिएका थिए ।

आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि काठमाडौ ल्याइएको हो । उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुन र एनआरएन बेल्जीयमका महासचिव लोक दाहालको पहलमा उपचारको लागि काठमाडौं ल्याइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *