हैजाका कारण १७२ जनाको मृत्यु
जुवा, ८ बैशाख । दक्षिणी सुडानका १४ ओटा प्रदेशमा हैजाका कारण १७२ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय कार्यालयले बिहीबार जनाएको छ ।
राष्ट्रसङ्घको मानवीय सहायता संवन्धी कार्यालयका एक जना अधिकारीले सन् २०१६ को जुन १८ देखि अहिलेको अप्रिल १४ सम्ममा छ हजार २२२ ओटा हैजासम्वन्धी विरामी भेटिएको जानकारी दिए ।
सुख्खा मौसमका बेलामा देशभरी यस्ता नयाँ विरामीहरु पनि थप देखिँदै गएको उनले बताए।
लगातारको द्वन्द्वका कारण विस्तापित हुनुपर्ने, विस्थापित भएका ठाउँमा खाना, पानी, सरसफाई राम्रो नहुने लगायतका कारणले हैजा हुने गरेको राष्ट्रसङ्घले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


