कान्ति अस्पतालले भन्यो, ‘डाक्टर कुट्ने पक्राउ नपरेसम्म इमरजेन्सी बाहेकका सेवा बन्द’

काठमाडौँ, ७ बैशाख । कान्ति अस्पतालले डा मुकुन्दकुमार देव माथि आक्रमण गर्नेलाई पक्राउ गरि कानूनी कारबाहीमा नलगेसम्म इमरजेन्सी बाहेकका सेवा बन्द हुने सूचना जारी गरेको छ ।

अस्पतालका चिकित्सक तथा कर्मचारीको संयुक्त बैठकले गरेको निर्णय भन्दै अस्पतालले विहीबार अपरान्ह जारी गरेको विज्ञप्तीमा इमरजेन्सी र भर्ना भएका विरामीको उपचार बाहेक बहिरंग सेवा नगर्ने उल्लेख छ ।

हिजो दिउसो आकस्मिक कक्षमा आएका एक विरामी बालकका आफन्तले डा देव माथी मुक्का प्रहार गरेका थिए । उनी अहिले फरार छन् । त्यस लगत्तै आवासीय चिकित्सकहरुले सेवा बहिस्कार सहितका विरोधका कार्यक्रम सार्वजनिक गरेका थिए ।

अस्पताल प्रशासनले जारी गरेको विज्ञप्ती यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *