डा. नुतन शर्मालाई कारवाही नगर्न सर्वोच्चको अन्तरकालिन आदेश

काठमाडौँ, ७ बैशाख । सर्वोच्च अदालतले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नुतन शर्मालाई तीन महिना निलम्वन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीशद्धय गोपाल प्रसाद पराजुली र चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासले विहीवार शर्मालाई कारवाही गर्ने काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

करिब ५ बर्ष अघि परेको बेनामे उजुरीलाई आधार बनाउदै काउन्सिलले २०७२ साउन २४ गते शर्मालाई तीन महिनासम्म चिकित्सकीय पेशागर्न नपाउने गरि निलम्वन गर्ने निर्णय गरेको थियो ।

अख्तियारको निर्देशनलाई आधार बनाउदै काउन्सिलले लिंग पहिचान गरि गर्भपतनका लागी उत्प्रेरित गरेको भनि परेको बेनामे उजुरीका आधारमा शर्मालाई निलम्वन गरेको थियो ।

उक्त निर्णयलार्ई पुनरावेदन अदालत पाटनले ९ महिना अघि सदर गरेपछि शर्माले सर्वोच्चमा मुद्धा दोहायाई हेर्न अपिल गरेकी थिइन । शर्माले मुद्धा दोहयाई हेर्न दायर गरेको निवेदनमा सर्वोच्चले निस्सा दिए पनि काउन्सिलले गत चैत्र २४ गते शर्मालाई कारवाहीको निर्णय गरेको थियो ।
सर्वोच्चले निस्सा दिएको पत्रवारे लिखित जानकारी गराएको भोलीपल्टै काउन्सिलले शर्मालाई तीन महिना निलम्वन गर्ने निर्णय सहितको पत्र बुझाएको थियो । सर्वोच्चमा बिचराधीन विषयलाई अवज्ञा गर्दै काउन्सिलले शर्मालाई निलम्वन गर्ने निर्णय गरेपछि त्यस विरुद्ध डा शर्मा सर्वोच्च पुगेकी थिइन ।

सर्वोच्चले शर्मा माथी लागेको आरोप सम्बन्धी बिषय अदालतमा बिचराधीन रहेको भन्दै मुद्धाको अन्तिम टुंगो नलागेसम्म काउन्सिलको निर्णय कार्यान्वन नगर्न/नगराउन अन्तरकालिन आदेश दिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *