सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या साढे ५ हजार (कुन जिल्लामा कति ?)

कन्चनपुर ७ बैशाख  । सुदूरपश्चिमा मात्रै एचआईभी संक्रमितको संख्या साढे पाँच हजारलाई नाघेको छ । त्यस क्षेत्रका नौ जिल्ला मध्ये कैलाली र अछाममा संक्रमितको संख्या बढी रहेको छ ।

राष्ट्रिय एचआइभी तथा एड्स महासङ्घका क्षेत्रीय सहजकर्ता सरिता श्रेष्ठले सुदूरपश्चिममा ५ हजार ५२४ जना एचआइभी एड्स सङ्क्रमित रहेको जानकारी दिइन । उनले अन्य जिल्लाको तुलनामा कैलाली र अछाममा संक्रमितको संख्या बढिरहेको बताइन ।
कहाँ कति संक्रमित ?

श्रेष्ठका अनुसार,

कैलालीमा – २ हजार ५१ जना
अछाममा – १ हजार ५९८ जना
कञ्चनपुरमा – ३४१ जना
बैतडीमा – १८७  जना
डडेल्धुरामा – ९८ जना
बझाङमा – ११५ जना
डोटीमा – १ हजार जना
बाजुरामा – १०३ जना
र दार्चुलामा – ३१ जना एचआइभी सङ्क्रमित रहेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘सुदूरपश्चिममा एचआइभी एड्स र मानवअधिकार’ विषयक दुईदिने क्षेत्रीय कार्यशाला गोष्ठीमा यो विवरण दिइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *