अमेरिकाका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

116
Shares

हौस्टन, ६ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना भएका छन् ।

९२ वर्षीय पूर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उहाँको एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

उनी गत शुक्रबार अस्पतालमा भर्ना भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् ।

उनका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिए ।

यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उनी सन् १९२४ मा जन्मिएका हुन् भने सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बनेका थिए । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *