भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

4
Share

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि देशभरका छ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

बाल स्वास्थ्य महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षमुनिका करिब २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि ‘अल्वेन्डाजोल’ पनि खुवाइने जानकारी दिए ।

उनले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने हुनाले सबैलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन आग्रह गरे ।

देशभरका ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेवकलाई भिटाभिन ‘ए’ कार्यक्रमका लागि परिचालन गरिएको छ ।

वर्षको दुई पटक वैशाख र कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमका लागि झन्डै १० करोड रुपैयाँ खर्च हुने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *