भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि देशभरका छ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

बाल स्वास्थ्य महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षमुनिका करिब २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि ‘अल्वेन्डाजोल’ पनि खुवाइने जानकारी दिए ।

उनले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने हुनाले सबैलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन आग्रह गरे ।

देशभरका ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेवकलाई भिटाभिन ‘ए’ कार्यक्रमका लागि परिचालन गरिएको छ ।

वर्षको दुई पटक वैशाख र कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमका लागि झन्डै १० करोड रुपैयाँ खर्च हुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *