सल्यानमाआँखाका बिरामी बढे

 

सल्यान, ६ वैशाख । सल्यानमा पछिल्लो समय आँखासम्बन्धी विभिन्न रोगका बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

गर्मी बढेसँगै आँखा उपचार केन्द्र शीतलपाटीमा बिरामीको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अघिल्लो महिनामा एक हप्तामा आउने बिरामी आजभोलि एकै दिनमा आउने गरेको आँखा उपचार केन्द्र शीतलपाटी आँखा स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले जानकारी दिए ।

आँखा बिझाउने, चिलाउने, मासु पलाएका, मोतिबिन्दुजस्ता आँखाका बिरामी बढी आउने गरेको पन्तले जानकारी दिए । शीतलपाटी केन्द्रले विभिन्न समयमा सञ्चालन गरेको आँखा शिविर तथा प्रचारप्रसारले पनि बिरामीको सङ्ख्या विगतका वर्षभन्दा यस वर्ष बढेको बताइएको छ ।

राप्ती आँखा उपचार केन्द्र रक्षाचौरले सञ्चालनमा ल्याएको सल्यान आँखा उपचार केन्द्रमा औषधि वितरण, चस्मा जाँच र बिक्री तथा सामान्य शल्यक्रिया समेत गरिँदै आएको छ । ठूला शल्यक्रियाका लागि भने केन्द्रले रक्षाचौरमा पठाउने गर्दै आएको छ ।

वृद्धवृद्धालाई सम्मान ‘मोतिबिन्दु न्यूनीकरण हाम्रो अभियान’ भन्ने नारासहित गाउँमा आँखा जाँच कार्यक्रम पु¥याएको भन्दै शिविर नभएका स्थानमा स्थानीय व्यवस्थापनको जिम्मा लिए निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले बताए ।

आँखा स्वास्थ्य कार्यकर्ताले जथाभावी औषधि प्रयोग नगर्न र आँखा जाँचपछि मात्र औषधि प्रयोग गर्न केन्द्रले सल्लाह दिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *