सर्पदंश उपचार केन्द्रका लागि ६० लाख सहयोग

झापा, ४ वैशाख । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा स्थापना गरिएको सर्पदंश उपचार केन्द्रका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले रु ६० लाख सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा र कनकाई नगरपालिका तथा कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको सहयोगमा स्थापना गरिएको उपचार केन्द्रका लागि संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो रकम प्रदान गरिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

सर्पदंश उपचार केन्द्र कनकाई नगरपालिकाको कोटिहोमस्थित कर्मयोग भवनमा सञ्चालनमा ल्याइने भएको छ । सो सर्पदंश उपचार केन्द्र भेन्टिलेटरसहित पाँच श्ययाको हुने सर्पदंश उपचार केन्द्र सञ्चालन समिति संयोजक प्रभाखर कडरियाले जानकारी दिए ।

सुरुङ्गा, कुमरखोद, शरणामति, टाघनडुब्बासहित शिवसतासी नगरपालिकाका सर्वसाधारणलाई सहजै सेवा प्रदान गर्न सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याउन लागिएको र उक्त सर्पदंश उपचार केन्द्रले जेठ महिनाबाट सेवा सुरु गर्ने बताइएको छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालानार्थ कडरियाको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ ।

सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यसअघि पनि स्वास्थ्य क्षेत्रका लागि नेपाल रेडक्रस सोसाइटी झापालाई गत फागुनमा बिर्तामोडमा स्थापना गरिएको रक्त सञ्चार सेवा केन्द्रका लागि कम्पोनेन्ट मेसिन खरिदका लागि रु १७ लाख सहयोग गरेको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *