नि:शुल्क भनिएको पीजीमा शुल्क लिन खोजिएको भन्दै रेजिडेन्टद्धारा आपत्ति

काठमाडौँ, ३ बैशाख । निशुल्क भनिएको स्नातकोत्तर तहमा विभिन्न शीर्षक राखि शुल्क उठाउन खोजिएको भन्दै आवासीय चिकित्सकहरुले विरोध गरेका छन् । उनीहरुले आजै महाराजगञ्ज क्याम्पसका निमित्त प्रमुखलाई भेटेर शुल्क नलिन ज्ञापन पत्र समेत बुझाएका छन् ।

आवासीय चिकित्सकहरुले निशुल्क भनेपनि गतवर्ष विभिन्न ९ शीर्षकमा गरी १६ हजार शुल्क उठाएको र यसपटक झन् २५ हजार पुरयाएको दावी गरेका छन् ।

नेशनल रेजिडेन्ट डक्टर्स एसोशिएसनका अध्यक्ष लिजन महर्जनले निशुल्क भनेपछि सबै निशुल्क हुनुपर्ने भन्दै विभिन्न बहानामा शुल्क उठाउनै नमिल्ने जिकिर गरे ।

उनले सरकारी शिक्षण सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधीले बढीमा ४ विधामा मात्रै शुल्क लिन सक्ने उल्लेख भएको भन्दै त्यसबाहिर गई कुनै पनि शुल्क लिन नपाइने जिकीर गरे ।

गत वर्ष बनाएको कार्यविधिको उपदफा (४) ले विश्वविद्यालय दर्ता शूल्क, काउन्सिल दर्ता शूल्क, पुस्तकालय शूल्क र परीक्षा शूल्क गरेर जम्मा ४ विधामा मात्र शूल्क लिन मिल्ने गरि स्पष्ट कानुनी व्यवस्था गरेको छ ।

 

महाराजगञ्ज क्याम्पसले गतवर्ष यी शीर्षकमा १६ हजार शुल्क लिएको थियो

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *