‘म स्वस्थ, मेरो देश स्वस्थ अभियान’ सार्वजनिक (अभियानको उद्धेश्य सहित)

काठमाडौँ, ३१ चैत । स्वास्थ्य मन्त्री गगन थापाले ‘म स्वस्थ, मेरो देश स्वस्थ’ नारा सहित ‘मेरो बर्ष – २०७४अभियान’  सार्वजनिक गरेका छन् । यो अभियान नयाँ बर्षको अवसर पारि १ बैशाख ( भोलि ) देखि सुरु हुनेछ । अभियानको शुभारम्भ भोलि विहान साढे ७ बजे दशरथ रंगशालाबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् ।

अभियानबारे जानकारी दिन स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले नसर्ने रोगको प्रकोप बढीरहेको सन्दर्भमा यसलाई नियन्त्रण गर्ने उदेश्य स्वरुप मेरो वर्ष अभियान सुरु गरिएको जानकारी दिए । उनले नसर्ने रोगको प्रकोप खानपान र जीवनशैलीमा आधारित भएको भन्दै ५ प्रतिवद्धता र ७ योजना अघि सारेको बताए । उनले सारेको प्रतिवद्धताहरुमा ‘

  • मरक्सी चुरोट र सुर्तीजन्य पदार्थ खान्न
  • म नियमित व्यायम गर्छु
  • म स्वस्थ र पोषिलो खाना खान्छु
  • म नियमित स्वास्थ्य परीक्षण गराउँछु
  • म मेरो परिवार र समुदायको स्वास्थ्य प्रति सजग रहन्छु ।,

‘ भन्ने छ । मन्त्री थापाले प्रतिवद्धता अनुसार एक बर्षको कार्यक्रम ल्याइएको बताए ।  उनले अभियान अन्तर्गत सरोकारवाला निकायसंग सहकार्यमा प्रवेद्र्धनात्मक कार्यक्रमलाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउने, उच्च प्राथमिकतामा रहेका रोगहरुको पहिचान र रोकथामको लागि प्याकेज निर्माण गर्ने, स्वास्थ्य सम्वन्धी दिवसहरुमा दिवस केन्द्रीत कार्यक्रम मार्फत नसर्ने रोगको जनचेतना विस्तार गर्ने लगायतका योजना अघि सारेका छन् ।

त्यस्तै सरकारी र निजी स्वास्थ्य संस्थाहरुको सहकार्यमा स्क्रीनिङ र उपचारको प्याकेज उपलव्ध गराउने, विद्यालयहरुमा प्रारम्भिक परीक्षण र चेतनामुलक कार्यक्रमहरु संचालन गर्ने, आम संचारका माध्यममा आधुनिक सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत जनचेतनामुलक र जानकारीमुलक सामग्री प्रवाह गर्ने र मोवाइल एप्स मार्फत स्वास्थ्य सम्वन्धी जानकारी उपलव्ध गराउने छ ।

मन्त्री थापाले नसर्ने रोगको जोखिम न्युनिकरण गर्न विभिन्न देशले अपनाएका शैलीहरु अध्ययन गरी नेपालले आफ्नै प्रकारको अभियान शैली तयार गरेको बताए ।

‘हामीलाई थाह छ नसर्ने रोगको जोखिम बढ्दो दरमा छ । हामीलाई यो पनि थाह छ कि त्यो हाम्रै खानपान, जीवनशैलीले र बाताबरणले बढी रहेको छ । यहि कुरालाई सजग गराउन हामीले यो अभियान सुरु गरेका हौँ ,’  मन्त्री थापाले भने ।

अभियानको लागि विद्यालय, निजी तथा सरकारी अस्पतलाहरु , सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला निकायहरुसंग सहकार्य गर्ने समेत उनले जानकारी दिए ।

एक वर्षे यो अभियानलाई तीन तीन महिनामा बाँढेर कार्यक्रम अघि बढाउन थालिएको बताए । उनले अभियान राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रले हेर्ने व्यवस्था मिलाएको बताए । उनले अभियान आफ्नै अभियान भएकोले यसमा छुट्टै ठूलो बजेट खर्च नहुने समेत दावी गरे ।

मन्त्री थापाले अघि सारेको अभियानको मोडल यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *