चार महिना अघिको निर्णय कार्यान्वनय नभएको कर्मचारीको गुनासो

काठमाडौँ, ३१ चैत ।  स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट चार महिना अघि स्वीकृत गरेको अध्ययन विदाको पत्र अहिलेसम्म नपाएको भन्दै चार जना कर्मचारीले गुनासो गरेका छन् । आयुर्वेद चिकित्सा स्नातक तह(बीएएमएस) अध्ययनरत उनीहरुले मन्त्रालयबाट भएको निर्णयको पत्र नपाएको र कार्यरत जिल्लाबाट किन नआएको भन्दै ताकेता भईरहेकोले आफूहरुलाई दोहोरो समस्या भएको गुनासो गरेका हुन् ।

गुनासो गर्ने कर्मचारीहरुमा चन्द्रवली साह, गीता रेग्मी, लक्ष्मीप्रसाद शर्मा र इन्द्रेशकुमार महतो छन् । उनीहरुले पहिले लिएको ५ बर्ष छ महिनाको तलवी अध्ययन विदाले नपुगेको भन्दै थप छ महिना तलवी विदा र बाँकी अपुग वेतलवी विदा मागेका थिए । उनीहरुको माग अनुसार गत ७ मंसीरको मन्त्रीस्तरीय निर्णयले समेत स्वीकृत गरेको थियो ।

मधेश आन्दोलन र क्याम्पसमा भएको आन्दोलका कारण तोकिएको समयमा अध्ययन पुरा भएन । एक बर्ष जति विदा लम्व्याउन परयो । हामीले पाउने ६ बर्षको तलवी विदा मध्ये पहिले साढे पाँच महिनाको मात्रै लिएका थियौँ । बाँकी ६महिना विदा बँचेको थियो । त्यहि मागेका हौँ अहिले यसैमा लफडा भईरहेकोछ । चन्द्रवली साहले भने ।

‘मन्त्रीस्तरीय निर्णय त भएको छ तर त्यसअघिको सचिवस्तरीय टिप्पणी आदेशमा थप विदा स्वास्थ्य सेवा नियमावली २०५५ को ५३ उपनियम १ बमोजिम ६ महिना विदा स्वीकृत गर्नु सकिने उल्लेख थियो । सोही अन्योलका कारण ढिलाई भएको हो,’  उपसचिव बाबुराम खनालले भने ।

त्यसो त यी चार जना कर्मचारीसहित थप एक जनाले पाएको छात्रबृत्तिको अध्ययन विदाको निर्णय दुई बर्ष अघि देखि लागू हुने भन्दै दुई वर्ष पछि गरिएको थियो । ‘छात्रबृत्ति पाएको भन्दै ३ भदौ २०६९ मा साढे पाँच बर्ष तलवी अध्ययन विदा दिने गरी मन्त्रीस्तरीय निर्णय भएको थियो तर त्यसको लागूहुने मिति २०६७ साउन देखि नै भन्ने उल्लेख छ । यसमा पनि केही त्रुटि छ,’ खनालले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *