औलो प्रभावित क्षेत्रमा दशदिने अभियान

झापा, ३० चैत । औलो प्रभावित क्षेत्र झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले औलो निवारणका लागि मङ्गलबारदेखि १० दिने अभियान सुरु गरेको छ ।

झापाको सबैभन्दा बढी औलो रोगी रहेको पाठामारीमा ‘औलो रोग निवारणका लागि वातावरण सरसफाइ तथा व्यवस्थापन अभियान’ सुरु गरिएको भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए ।

अभियानअन्तर्गत पशुपति आधारभूत विद्यालय पाठामारीको हाताभित्र रहेको खाल्डाखुल्डी पुरिनाका साथै झारपात नष्ट गरिएको थियो ।

दशदिने अभियानमा पाठामारी क्षेत्रमा रहेका सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी पुर्ने, ब्लिचिङ पाउडर छर्कने कामका साथै आसपासका क्षेत्रमा रहेका झारपात नष्ट गर्ने कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत जीवन चौलागाईंले जानकारी दिए ।

पाठामारी झापाको सबैभन्दा बढी औलो रोग प्रभावित क्षेत्रमा पर्छ । आव २०७२/७३ मा यस क्षेत्रमा १६ जना औलो रोगी फेला परेका थिए भने चालु आवमा चारजनामा औलो फेला परेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *