बुढानिलकण्ठ नगरपालिकामा ३ वटा ‘हेल्थ प्रमोसन सेन्टर’ खुल्ने

396
Shares

काठमाडौँ, २९ चैत । बुढानिलकण्ठ नगरपालिकाको तीन स्थानमा यसै आर्थिक बर्ष भित्र जनता स्वास्थ्य केन्द्र( हेल्थ प्रमोसन सेन्टर) सञ्चालनमा आउने भएको छ । नगरपालिका र स्वास्थ्य मन्त्रालयबीच आज भएको सम्झौतापछि तीन स्थानमा हेल्थ प्रमोशन सेन्टर सञ्चालनमा आउने भएको हो ।

काठमाडौँ जनस्वास्थ्य प्रमुख महेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिले भएको बुढानिलकण्ठ स्वास्थ्य चौकी, कपन स्वास्थ्य चौकी र भंगाल स्वास्थ्य चौकीलाई अपग्रेड गर्दै हेल्थ प्रमोसन सेन्टरको रुपमा सञ्चालन गर्न लागिएको छ । ‘यही आर्थिक बर्ष भित्र ती ठाँउका स्वास्थ्य चौकीहरु हेल्थ प्रमोशन सेन्टरमा अपग्रेड हुँदैछन्,’ श्रेष्ठले भने ।

हेल्थ प्रमोसन सेन्टरमा स्वास्थ्यचौकीका रुपमा दिइएको सेवाका अलावा एक हेल्थ इन्सपेक्टर राखिनेछ जसले बाताबरण तथा सरसफाई, हाइजीनका कुराहरुको निरीक्षण गर्छ । त्यस्तै मानसिक स्वास्थ्य तथा यौन स्वास्थ्यको बारेमा समेत छुट्टै क्लिनिक हुन्छ । खानपान तथा शारीरिक व्यायम तथा योगका कुरा समेत सिकाउने अर्को प्रशिक्षकको समेत व्यवस्था हुन्छ । सेन्टरमा निशुल्क औषधिका लागि फार्मेसी समेत रहनेछ ।

नसर्ने रोगको जोखिम कम गर्न तथा शहरी क्षेत्रको गरीवहरुलाई निशुल्क औषधि तथा स्वास्थ्य जाँचको पहुँच पुरयाउने उदेश्यले सेन्टर स्थापना भएको बताइएको छ ।

यसअघि स्वासथ्य मन्त्रालयले काठमाडौँ महानरपालिकासंग १० स्थानमा हेल्थ प्रमोशन सेन्टर खोल्ने गरी सम्झौता गरिसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *