इलाममा घटेन असुरक्षित गर्भपतन
नेपाली हेल्थ २०७३ चैत २८ गते १०:०२ 0 
इलाम, २८ चैत । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।
इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताए ।
सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् ।
अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । “धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्”, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भनिन्, “जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।”
सम्पर्क इमेल : [email protected]
-
राष्ट्रपतिद्धारा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी सहित तीनवटा अध्यादेश जारी
-
नेपाल चिकित्सक संघको निर्वाचन : आज अन्तिम दिन विहानै देखि काठमाडौँमा मतदान सुरु
-
‘राज्यले निजी क्षेत्रको भूमिकाप्रति अबमूल्यन होइन, सम्मान र सहकार्यको काँध मिलाएर अघि बढ्नु पर्छ’
-
नेपाल चिकित्सक संघ निर्वाचन : आज पहिलो दिन काठमाडौँ उपत्यकामा १ हजार २२३ मत खस्यो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
-
-
गर्भवती मृत्यु प्रकरण : उपचारमा संम्लग्न चिकित्सकको लाइसेन्स निलम्बन, स्वास्थ्य संस्था सिल
-
खाना र स्वास्थ्य संरक्षणमा पशु चिकित्सकको महत्व
-
मान्छेले दैनिक कति पटक मलत्याग गर्नुपर्छ ? वैज्ञानिकहरूले गरेका यस्ता छन् रोचक निष्कर्ष
-
औषधी व्यवस्था विभागमा एक जना अधिकृतलाई तीन महाशाखाको जिम्मेवारी !
-
नवौँ ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो-२०२६’ बैशाख १७ गते देखी सुरु हुँदै
-








