इलाममा घटेन असुरक्षित गर्भपतन


इलाम, २८ चैत । सरकारले गर्भपतन सेवालाई निःशुल्क र सुरक्षित गरे पनि इलाममा अझै पनि असुरक्षित तरिकाले गर्भपतन गराइरहेका छन् । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै महिला थप उपचारका लागि अस्पताल आउने गरेका छन् ।
इलाम अस्पतालका तथ्याङ्क शाखाका अनुसार असुरक्षित तरिकाले गर्भपतन गराएर ४४ जना थप उपचारमा आएका छन् । अस्पताल तथ्याङ्क शाखाका कर्मचारी वाचस्पति भट्टराईले असुरक्षित र अनाधिकृत स्वास्थ्य संस्थामा गर्भपतन गराउने र औषधि सेवन गरेर समस्याग्रस्त बनेर अस्पताल आउने गरेको बताए ।
सुरक्षित गर्भपतन सेवा निःशुल्क भइसके पनि सेवाग्राही असुरक्षित र अनैतिक तरिकाले गर्भधारण गरेपछि समाजको डर–त्रासका कारण कतिपयले गर्भपतनका लागि असुरक्षित तरिका अपनाउने गरेका छन् ।
अघिल्लो वर्ष मात्रै असुरक्षित तरिकाले गर्भपतन गराउँदा जटिलता निम्तिएपछि ९१ जनाले अस्पतालबाट सेवा लिएका थिए । “धेरैले पहिले औषधि किनेको ठाउँ भन्न चाहँदैनन्”, इलाम अस्पतालकी स्टाफ नर्स सबिना श्रेष्ठले भनिन्, “जटिल अवस्थामा पुगेपछि दुःख पाइयो भनेर आउने धेरै छन् ।”
सम्पर्क इमेल : [email protected]
-
ॐ अस्पतालमा भएको उपचार लापर्वाही कसरी ठहर भयो ? आयो उपभोक्ता अदालतको फैसलाको पूर्ण पाठ
-
अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै जनासंग हात मिलाउँदा रक्तनलीको दीर्घ समस्या !
-
अमेरिकी राष्ट्रपति ट्रम्पलाई नशासम्बन्धी रोग, खुट्टाको तल्लो भागमा सुन्नियो
-
‘मेडिकल टुरिजम’को विकास र प्रवर्द्धनका लागि दन्त उपचारको क्षेत्रलाई विस्तार र व्यवस्थित गरिनु पर्छ’
-
आठ वटा कडा रोगको संक्रमणमा परेका बीमितलाई दुई लाख रुपैयाँसम्मको उपचार सहुलियत सम्वन्धी व्यवस्था कार्यान्वयनमा
-
-
एमबीबीएस दोस्रो वर्षका विद्यार्थी सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन
-
अब देखि स्वास्थ्य बीमामा आवद्ध भएको एक महिना पछि नै उपचार सुविधा उपलव्ध हुने
-
पशुपति होमियोप्योथिक चिकित्सालयको निमित्त प्रमुख बनिन् डा. सरिना गुरागाईँ
-
वीरमा प्रथम सेवा विन्दु बनाएका दुई हजार बढी वीमित परिवार हटाइयो
-
डा. सुधा देवकोटाको डडेल्धुरा अस्पतालमा सरुवा
-