अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

180
Shares

 

काठमाडौँ, २६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

उनी नियमित उपचारका क्रममा बैंकक गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए।

उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् ।

पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए । उनीउपचार गरेर एकसातापछि स्वदेश फर्कने प्रेस संयोजक अधिकारीले बताए ।

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *