परम्परागत स्वास्थ्य सेवालाई वैधानिकता दिन माग

काठमाडौँ, २२ चैत । परम्परागत स्वास्थ्य सेवाको सीप, ज्ञानलाई संवद्र्धन गरी राज्यले वैधानिकता दिनुपर्ने माग परम्परागत स्वास्थ्यकर्मीले गरेका छन् । गत १८र १९ चैतमा भएको परम्परागत स्वास्थ्यकर्मीहरुको सम्मेलनद्धारा जारी घोषणापत्रबारे जानकारी दिन आयोजित कार्यक्रममा सो माग गरेका हुन् ।

कार्यक्रमको संयोजन गरेको संस्था प्राथमिक सेवा स्रोत केन्द्र (रेस्फेक)द्धारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य नीति र कार्य नीति कार्यमा परम्परागत स्वास्थ्यकर्मीको हकहितसम्बन्धी बुँदा समावेश गर्न लगाउने निर्णय गरेको जानकारी दिएको छ ।

रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले सदियौँदेखि चल्दै आएको उक्त सेवालाई राज्यले प्राथमिकता दिई नेपालको मौलिक स्वास्थ्य सेवाको रुपमा उल्लेख गर्नुपर्ने बताए ।

रेस्फेकले २७ जिल्लाका गुरुवा, वैद्य, गुभाजु, ज्ञाता, ज्योतिष, पण्डित, विशेष उपचारक, धाँमीझाँक्री, भारफुके, लामा, आम्चीलगायतको भेला गरी घोषणापत्र पनि जारी गरेको छ ।

भेलाले परम्परागत आयुर्वेद उपचार पद्धति तथा अन्य उपचार पद्धति लोप हुने अवस्थामा पुगेकाले संरक्षण नगरे मौलिक वैद्धिक ज्ञान सीप, प्रविधि लोप हुने खतरा भएकाले संरक्षण गर्नुपर्ने माग पनि गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *