महिला कर्मचारीलाई महिनावारीका बेला तीन दिन विदा

बीबीसी, २१ चैत । इटाली सरकारले आफ्नो देशका महिला कर्मचारीहरुलाई महिनावारीका बेला तलव सहितको तीन दिन छुट्टी दिने प्रस्ताव अघि बढाएको छ ।

यस्तो प्रकारको छुट्टी चीन जापान, इन्डोनेशिया र दक्षिण कोरियामा पहिले देखिनै छ । तर इटालीले यो व्यवस्था सुरु गरेमा यो पहिलो पश्चिमी राष्ट्र बन्ने छ ।

सरकारको यो विचाराधिन प्रस्ताव प्रति कतिपय निकै खुशी छन् तर कतिपयले भने यस्तो व्यवस्था महिलाहरुको विरुद्ध हुने बताएका छन् ।
अहिले इटालीमा जागीर गर्ने महिलाको संख्या ६० प्रतिशत छ । पुरा युरोपमा यो प्रतिशत ७२ रहेको छ ।

महिनावारीलाई महिलाहरुले सामान्य प्राकृतिक समस्या मान्छन् । तर कतिपय महिलाहरुको यस्तो बेलामा अत्यधिक दुखाईबाट गुज्रिनुपर्ने हुन्छ । कसैले त काम गर्न समेत सक्दैनन् ।

युगव नामक एक संस्थाले गरेको अध्ययन अनुसार महिनावारीका बेला आधा भन्दा बढी महिलाहरु काम गर्ने क्षमतामा प्रभावित हुन्छन् । एक चौथाई महिलाहरुले भने यस्तो बेला आफ्नो हाकिमलाई जानकारी गराएका हुन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *