मदिरा बिक्रीको इजाजत पत्र लिएर सुर्तीको कारोबार

196
Shares


काठमाडौँ, १४ चैत । सरकारले सुर्तीजन्य पदार्थको कारोबार गर्न छुट्टै इजाजत लिनुपर्ने व्यवस्था गरेको छ तर एक व्यापारीले मदिरा विक्री वितरणको इजाजत पत्र टाँगेर सुर्तीको कारोबार गरिहेका छन् ।

पुतलीसडकस्थित शंकरदेव क्याम्पस छेवैमा रहेको सानो ट्याङ्कीमा मदिराको इजाजतपत्र टाँगेर सुर्तीको कारोबार गरिएको हो । रेग्मी किराना पसलको नाममा रहेको सो ट्यांकि पसलमा टाँगिएको इजाजत पत्रमा कारोबारको विवरणमा सुर्तीजन्य पदार्थ उल्लेख छ ।

‘खासमा इजाजत पत्र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ र नियमावली २०६९ अनुसार इजाजत पत्र लिनुपर्ने हो । मदिराको इजाजत पत्रमा सुर्तीको कारोवार भनेर कारोवार गर्न मिल्दैन,’ स्वास्थ्य मन्त्रालयका कानून उपसचिव शम्भुराज रेग्मीले भने ।

पसलमा बसेकी सीता देवीले दुई हप्ता अघि राजश्व कार्यालय गएर इजाजतपत्र लिएको दावी गरिन । उनले आफूहरुले १८ बर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ विक्री वितरण नगरेको तथा गर्भवतीलाई समेत विक्री वितरण नगर्ने गरि सूचना टाँसेको देखाइन ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ११(६) को व्यवस्था बमोजिम सबै व्यवस्था पालन गरेको बताइरहेपनि उनको पसल भने शंकरदेव क्याम्पसबाट ५० मिटर टाँढा छैन् । ‘इजाजत लिइएको छ तर क्याम्पसबाट कति टाढा भन्ने हिसाव गरिएको छैन्,’ सीताले भनिन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *