नक्कली आरोपित डा. बुद्धिमान श्रेष्ठले पाए सफाई

डा. बुद्धिमान श्रेष्ठ

काठमाडौँ, ८ चैत । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अध्ययन गरि ठगी गरेको आरोप लागेका डा बुद्धिमान श्रेष्ठले सफाई पाएका छन् ।

कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक समेत रहेका डा श्रेष्ठलाई आज काठमाडाँै जिल्ला अदालतले सफाई दिएको हो ।

न्यायधीश सुर्यप्रसाद पराजुलीको एकल इजलासले डा श्रेष्ठ माथि लागेको अभियोगमा सफाई दिएको हो ।

नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईवीले अप्रेशन क्वाक अन्तर्गत गत ३ असारमा श्रेष्ठ सहित केही चिकित्सकलाई पक्राउ गरेको थियो ।

सीआईवीले त्यस लगत्तै डा श्रेष्ठ सहितका केही चिकित्सकलाई काठमाडाँै जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । तर आरोप कसुर गर्ने प्रमाण नभएको भन्दै सफाई दिएको हो ।

सफाई पछि सम्छिप्त प्रतिक्रिया दिदै डा श्रेष्ठले आफूलाई नियोजित रुपमा फसाउन खोज्नेहरु सफल नभएको बताए । ढिलै भएपनि न्याय पाएको छु । अदालतले न्याय दिएको छ । उनले आफू सामाजिक र राजनीतिक रुपमा संक्रिय हुनखोज्दा रोक्नका लागि रचिएको षडयन्त्र भन्दै त्यतिवेला आफ्नो इज्यत र प्रतिष्ठामाथि योजनावद्ध रुपमा आँच पुरयाउने कोशिष गरिएको टिप्पणी गरे ।

डा श्रेष्ठका तर्फबाट बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सतिशकृष्ण खरेल, नारायणहरि अधिकारी लगायतले बहस गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *