केडीसीद्धारा स्कुलमा स्वास्थ्य शिविर, मुख स्वास्थ्यको अध्ययन्

काठमाडौँ, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारि कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरले काठमाडौँको धापासीस्थित धापासी माध्यमिक विद्यालयमा निशुल्क दन्त शिविरको आयोजना गरेको छ । सो शिविरमा कक्षा १ देखि ५ कक्षा सम्मका १६० जना छात्रछात्राको दन्त तथा मुख स्वास्थ्यको परीक्षण गरिएको थियो ।

डा. स्मिता ढकालको नेतृत्वमा गएको २० जना चिकित्सकहरुको टोलीले विद्यार्थीहरुको मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणबाट अधिकांश स साना विद्यार्थीहरुको दाँत किराले खाने र गिजामा समस्या देखिएको डा. ढकालले बताइन् ।

सो क्रममा चिकित्सकहरुले मुख स्वास्थ्यको आवश्यकता र महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । विद्यालयका छात्रछात्रालाई ब्रस गर्ने तरिका सिकाएका थिए भने निशुल्क रुपमा ब्रस समेत उपलव्ध गराएका थिए ।

हस्पिटलका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले निशुल्क स्वास्थ्य परीक्षणसंगै बालबालिकाको मुख तथा दन्त स्वास्थ्यको अध्ययन सुरु गरिएको बताए । उनले स्कुले बालबालिकाहरु दाँत तथा मुख स्वास्थ्यमा कति सचेत छन् ? तालिम पछि आफूलाई कसरी परिवर्तन गर्दै लैजान्छन भन्ने बारेमा अध्ययन केन्द्रीत रहेको जानकारी दिए ।

सो स्कुलका बालबालिकाहरुलाई आगामी पाँच बर्षसम्म निरन्तर फलोअप गर्दै मुख तथा दन्त स्वास्थ्यको हुने परिवर्तनको अनुसन्धान जारी राख्ने डा श्रेष्ठले बताए ।

नियमित रुपमा निशुल्क सिविर राख्दै आएको केडीसी शिक्षण अस्पतालले दाँत तथा मुख स्वास्थ्यको बारेमा अनुसन्धान समेत गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *