यी हुन् दहीका बाह्र फाइदा

१. शरीरलाई ठंडा/चिसो राख्छ  : दहीमा पानी मिसाई लस्सी बनाई वा मही बनाई पिउनाले शरीरमा पानीको मात्रा प्रशस्त हुनुका साथै पेटको गर्मी पनि हराएर जान्छ ।

२. पसिनाको गन्धबाट मुक्ति : दही र बेसनलाई मिक्स गरेर त्यो मिश्रणले मालिस गर्नुहोस् केही समयपछि नुहाउनुहोस् यसले पसिनाको गन्धबाट मुक्ति दिलाउँछ ।

३. हड्डीलाई मजबुत बनाउँछ : दहीमा प्रसस्त मात्रामा पाइने क्याल्सियमले हड्डीलाई मजबुत र स्वस्थ राख्न मद्दत गर्छ ।

४. स्वस्थ मुटु : दहीले शरीरबाट कोलेस्टेरोलरको मात्रा घटाउने काम गर्छ । यसले तपाईंको मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

५. जोर्नीको दुखाईबाट मुक्ति : दहीमा हिंग मिसाएर खानाले जोर्नीको दुखाईबाट मुक्ति मिल्छ ।

६. पाचन प्रक्रियामा सुधार : दहीमा पाईने चिनिको मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

७. तौल बृद्धि : दहीमा किसमिस बदाम वा काजु मिलाएर खानाले तौल बढाउन मद्दत गर्छ ।

८. चमकदार त्वच्चा : छालामा दही र कागतिको रस मिलाएर लगाउनुस् र केही समयपछि सफा पानीले छाला पखाल्नुस् । यसले छाला चम्किलो सुन्दर र स्वस्थ राख्छ ।

९. स्वस्थ कपाल : दहीले कपाल पाँच मिनेट जति मालिस गर्नुस् र केही बेर पछि नुहाउनुस् यसले कपाल चम्किलो, बलियो र सुन्दर राख्छ ।

१०. चाँया भगाउछ : दहीमा मरिच पाउडर मिसाएर त्यसले टाउकोमा मालिस गर्नुस् हप्ताको दुईपट यसो गर्नले तपाईको चाँयाको समस्या कम हुन्छ ।

११. ओठ फुट्न कम : दहीको मलाइ(नौनी) दिनको दुई तीन पटक ओठमा लगाउनाले ओठ फुट्ने समस्याबाट मुक्ति मिल्छ ।

१२. मिठो निन्द्रा :  हरेकदिन एक कचौरा दहीखाने बानी गर्नाले राति मिठो निन्द्रा लगाउन मद्दत गर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *