म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त

म्याग्दी, २७ फागुन । म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७३ पुस १४ गतेको बैठकले नेपालका सबै अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्ने निर्णयअनुसार सरकारले हालै म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मीलाई नियुक्त गरेको हो ।

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका रेग्मीले जिल्लाका विभिन्न सामाजिक, धार्मिक र विकास निर्माणसम्बन्धी विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *