म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मी नियुक्त
म्याग्दी, २७ फागुन । म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७३ पुस १४ गतेको बैठकले नेपालका सबै अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्ने निर्णयअनुसार सरकारले हालै म्याग्दी अस्पताल विकास समितिको अध्यक्षमा रेग्मीलाई नियुक्त गरेको हो ।
लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका रेग्मीले जिल्लाका विभिन्न सामाजिक, धार्मिक र विकास निर्माणसम्बन्धी विभिन्न सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



