उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सेवा विस्तार

डडेल्धुरा, २७ फागुन । उपक्षेत्रीय अस्पताल स्थापना भएको तीन वर्षको समयमा एक–दुईजना विशेषज्ञ चिकित्सक मात्र रहने उपक्षेत्रीय अस्पतालमा पछिल्लो समयमा भने चारजना विशेषज्ञ चिकित्सकको पदपूर्ति भएको छ ।

उन्नाइसजना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरिएको भए तापनि पदपूर्ति भने चार जनाको मात्रै हुन सकेको हो । सुदूरपश्चिमका पहाडी सात जिल्लाका नागरिकलाई सेवा पु¥याउने हिसाबले नागरिकको दबाबमा ३ वर्षअगाडि २०७० सालमा उपक्षेत्रीय अस्पताल स्थापना गरिएको भए तापनि विशेषज्ञ चिकित्सक भने सुदूरपश्चिमका नागरिकलाई सबै किसिमको सेवा प्रदान गर्न पहिलोपटक चारजनाको उपस्थिति रहेको अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए ।

अस्पतालमा हाल हाडजोर्नी रोग विशेषज्ञ डा. शिवराज पनेरु, बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुर, दन्तरोग विशेषज्ञमा डा. पदम नेपाली हाजिर भइसकेका र स्त्रीरोग विशेषज्ञ डा. नमराज जैसी पनि चाँडै आउने उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

चारैजना विशेषज्ञ चिकित्सकको उपस्थितिले यस क्षेत्रका सर्वसाधारणले सुलभ रुपमा उपचार सेवा पाउने र जुनसुकै समयमा पनि सेवा दिन तयार रहेको विशेषज्ञ चिकित्सकको भनाइ रहेको सेवा दिनका लागि नै यस क्षेत्रमा हाजिर भएको जनाएका छन् ।

साथै, २० जना मेडिकल अधिकृतको दरबन्दीमा १० अधिकृतले पनि सँगै सेवा दिइरहेको अध्यक्ष सिंहले जानकारी दिए । अस्पतालले चाँडै एनआइसियु सेवा पनि विस्तार गरिरहेको र एनआइसियु सेवाका मेसिन जडान कार्य भइरहेको उपक्षेत्रीय अस्पतालले जनाएको छ ।

यो मेसिन जडानपश्चात् कम तौल भएका बच्चा वा समय नपुगी आगाडि नै जन्मेका वच्चालाई जोखिमबाट जोगाउनका लागि आइसियु सेवा प्रभावकारी हुने विशेषज्ञ चिकित्सक बताउँछन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *