विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

- नेपाली हेल्थ

नयाँ दिल्ली , २६ फागुन । विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

छत्तिस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

यही जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको प्रत्यक्ष निगरानीमा बसी उपचार गर्ने क्रममा उनको १०० किलोग्राम तौल घटिसकेको अस्पतालले जनाएको छ ।

एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अहिले उनलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ । उनको शरीर शल्यक्रियाका लागि बेहोस पारिए पनि अहिले क्रमशः सुधार आएको छ ।

एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन सक्दिनथिइन्। उनले गत जनवरीमा विशेष विमानमार्फत भारत ल्याइएको थियो । शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुपूर्व उनको तौल ५०० किलोग्राम रहेको थियो । रासस/सिन्ह्वा


Facebook Comment


थप समाचार