निर्वाचन रोक्नुपर्ने भन्दै पब्लिक हेल्थ एशोसिएसनको कार्यालयमा तालाबन्दी

काठमाडौँ, २४ फागुन । चैत ५ का लागि घोषित निर्वाचन तत्काल स्थगित गर्नुपर्ने भन्दै माओवादी केन्द्र निकटको अखिल नेपाल राष्ट्रिय जनस्वास्थ्य संघले नेपाल पब्लिक हेल्थ एशोसिएसन कार्यालयमा तालाबन्दी गरेको छ ।

संघले मंगलबार विज्ञप्ती जारी गर्दै अन्य ७ बुदे माघ समेत अघि सारेको छ । संयोजक दीपेन्द्र खडकाद्धारा जारी विज्ञप्तीमा चिकित्सक तथा एमपीएच र क्वाइलर एमपीएच गरेकालाई पदाधिकारीमा निर्वाचित हुन बन्देज गर्न, विगत कार्याकालको लेखा परीक्षण पारदर्शी गर्न, फर्जी सदस्यता खारेज गर्नुपर्ने लगयातमा माघ अघि सारिएको छ ।

त्यस्तै सर्वसम्मत रुपमा निर्वाचन गर्न, संस्थाको रकम दुरुपयोग गरी विदेश सयर गर्ने पदाधिकारीमाथि कारबाही गर्न , दातृ निकायसंग सहयोग नलिने लगायतका मागहरु समेत अघि सारेको छ ।

विज्ञप्तीमा स्थानीय निर्वाचनको आचार संहिता लागु भैसकेको अवस्थामा चैत ५ म ागर्ने भनिएको निर्वाचन कार्यक्रमलाई अमान्य घोषणा गरिएको बताइएको छ ।

यता प्रगतिशील र पेशागत समूहले दुई छुट्टा छुट्टै प्यानल खडा गरि निर्वाचनका लागि उम्मेदवार खडा गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *