नेपाल पब्लिक हेल्थ एसोशियसनको निर्वाचन ५ चैतमा

4.0k
Shares

काठमाडौँ, २४ फागुन । नेपाल पब्लिक हेल्थ एसोशियसनको नयाँ नेतृत्वको छनौट गर्न आगामी ५ चैतमा निर्वाचन हुने भएको छ । सो निर्वाचनका लागि दुईवटा समूहको प्यानल खडा भएको छ ।

निर्वाचनका प्रगतिशील समूहका तर्फबाट एउटा प्यानल र पेशागत समूहबाट अर्को प्यानल उम्मेदवार खडा भएका छन् । प्रगतिशील समूह एमाले निकट जनस्वास्थ्यकर्मीहरुको समूह हो । यद्धपी सो प्यानलमा केही उम्मेदवारले आफूलाई राजनीतिक आस्थासंग नगास्न आग्रह गरेका छन् । उता पेशागत समूहमा कांग्रेस र माओवादी केन्द्र समर्थकहरु रहेको बुझिएको छ ।

जनस्वास्थ्य विषयमा स्नातक(बीपीएच) र स्नातकोत्तर( एमपीएच) गरेका व्यक्ति सदस्य रहने एसोशियसनमा ८११ जना सदस्य रहेका छन् । निर्वाचनका लागि काठमाडौँ सहित नेपालगंज, पोखरा र विराटनगरमा मतदान केन्द्र राखिएका छन् ।

निर्वाचन ५ चैतका दिन विहान ८ देखि ५ बजेसम्म हुने बताइएको छ । यो निर्वाचनले दुई बर्षे कार्यकालका लागि नेतृत्व छनौट गर्नेछ ।

यी हुन् उम्मेद्धारहरु

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *