सिनामङ्गलको एलिसा मेडिकल सेन्टरमा पुनः सिलबन्दी

0
Shares

काठमाडौँ, २३ फागुन । सरकारी निर्देशन पालना नगरेपछि सिनामङ्गलमा रहेको एलिसा मेडिकल सेन्टर प्रालि पुन सिलबन्दीमा परेको छ ।
आइतबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सो मेडिकल सीलबन्दी गरेको हो ।

यसअघि गत माघ २४ गते नै जिल्ला प्रशासन कार्यालयबाट दर्ता नभई सञ्चालन गरेको भनी सिलबन्दी गरी जिल्ला प्रशासन कार्यलयमा दर्ता गर्न निर्देशन दिएको थियो ।

विभागको निर्देशन पालना नगरेको भन्दै अनुगमन संयोजक पवन प्याकुरेल र रमेशकाजी श्रेष्ठको संयुक्त टोलीले निर्धारित समयमा पनि निर्देशन पालना नमानेको भन्दै आइतबार फेरि सिलबन्दी गरेको हो । निर्देशन पालना नगरेसम्म एलिसा मेडिकल सेन्टर सञ्चालन गरे थप कारबाहीको प्रक्रिया अघि बढाइने विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

विभागले आज नै गरेको अनुगमनका क्रममा काठमाडौँ उपत्यकाको विभिन्न स्थानको खाद्य पसलबाट म्याद नागेका अखाद्य सामग्री नष्ट गरेको निर्देशक श्रेष्ठले जानकारी दिए । म्याद नाघेको सामग्री राख्ने पसलमा ललितपुर एकान्तकुनामा रहेको पाथीभरा सप्लायर्स, ललितपुर कुसुन्तीमा रहेको बयानबहादुर तामाङ खाद्य स्टोर र न्यू गोकुल स्टोर रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *