पोलियो खोप कार्यक्रमलाई अवरोध गर्ने १८ जना स्वास्थ्यकर्मी निलम्बन (नामावली सहित)

काठमाडौँ, २२ फागुन ।  पोलियो खोप कार्यक्रमलाई अवरोध गर्ने १८ जना स्वास्थ्यकर्मी निलम्वनमा परेका छन् । स्वास्थ्य मन्त्रालयले उनीहरुलाई निलम्वन गरेको हो ।

निलम्वनमा पर्नेहरुमा राजकुमार थापा कोल्ड चेन असिस्टेन्ट पाँचौ तह भक्तपुर, सुरेन्द्रराज जोशी, सीअहेव कपिलवस्तु, विष्णुबहादुर क्षेत्री सीअहेव कपिलवस्तु, विरेन्द्रकुमार मिश्र कपिलवस्तु सिअहेव रहेका छन् । त्यस्तै पृथ्वीचन्द्र भगत सीअहेव सुनसरी, महेश पोखरेल सीअहेव सुनसरी, अनिलकुमार पाण्डेय पर्सा, राजेशप्रसाद रौनियार पर्सा, शेषराज दाहाल भक्तपुर, रमेश कार्की मोरङ, सञ्जयकुमार काफ्ले मोरङ रहेका छन् ।
त्यस्तै टोपबहादुर थापा काठमाडाँै, बासुदेव पोखरेल सल्यान, सिराहाका प्रमुख दयाशंकरलाल कर्ण, सप्तरीका निमित्त प्रमुख नागेन्द्रप्रसाद यादव, धनुषाका निमित्त प्रमुख सचितानन्द देव, छेदीप्रसाद यादव सप्तरी, देव नारायण साहु सुनसरी रहेका छन् ।
आज बसेको सचिवस्तरीय बैठकले उनीहरुलाई निलम्वन गर्ने निर्णय गरको हो ।

मन्त्रालयका उपसचिव बाबुराम खनालका अनुसार निलम्वित स्वास्थ्यकर्मीलाई निलम्वन गरी  विभागीय कारबाही किन नगर्ने भनेर सोध्ने र त्यसको जवाफको आधारमा कारबाही अघि बढाइनेछ ।

स्वास्थ्य मन्त्री गगन थापाले सरकारको आग्रहलाई वेवास्ता गर्दै गैर जिम्मेबारी रुपमा प्रस्तुत भएकाहरु माथि कारवाही अघि बढाइने बताए । उनले एक दुई दिन ढिला भएपनि पोलियो थोपा खुवाउने अभियान सफल बनाएरै छाडने बताए ।

यसअघि आज मात्रै गृहमन्त्रालयले देशभरका स्वास्थ्य संस्थामा लागेका ताला फोडाउन र अवरोध गर्ने माथि कारबाही गर्न स्थानीय प्रशासनलाई आदेश दिएको थियो ।

निलम्बन गर्नुको कारण यस्तो छ 

निलम्बनमा पर्नेहरुमा 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *