स्वयंसेवी रक्तदाता समाज २० नं वडा समिति गठन

काठमाडौँ, २२ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाजले काठमाडौँ महानगरपालिकाको वडा नं २० मा वडा कार्यसमिति गठन गरेको छ । शनिबार समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा आयोजित भेलाले स्वंयसेवी रक्तदाता राम रञ्जीतको अध्यक्षतामा वडा कार्यसमिति गठन गरेको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा सरन कुमार बानियाँ,सचिव राजेश मानन्धर र कोषाध्यक्ष दिवाकर रञ्जित रहेका छन् । सदस्यहरूमा सरिता मानन्धर, देविका शाक्य,सुरज श्रेष्ठ,लोकनाथ ढुङ्गेल, सञ्जय बानिया, भोलानाथ सापकोटा र उत्तम भ्लोन रहेका छन् ।

सो क्रममा १२ बैशाखको भूकम्पका बेला रक्तदान गर्दागर्दै दिवंगत हुन पुगेका स्वयंसेवी रक्तदाता निलु रञ्जितको सम्झनामा १ मिनेट मौन धारणा समेत गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *