पोलियो खोप सञ्चालन गर्न नसकेका जिल्लाका प्रमुख जिम्मेबारी मुक्त हुने

काठमाडौँ, २१ फागुन । सरकारले पोलियो थोपा सञ्चालन गर्न नसकेका जिल्लाका प्रमुखहरुलाई जिम्मेबारीबाट मुक्त गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप सुरुवात गर्न नसक्ने प्रमुखहरुलाई जिम्मेबारीबाट मुक्त गर्ने बताएका हुन् ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार आज अपरान्हसम्म सप्तरी र सिराहामा मात्रै कार्यक्रम सुरु हुन् सकेको छैन् ।
स्वास्थ्य मन्त्रालयको कडा निर्देशन पछि अरु जिल्लाहरुले आजै दिउसोबाट पोलियो थोपा खुवाउन सुरुवात गरेका छन् । काठमाडौँ, ललितपुर, कपिलवस्तु र बर्दियाले भने विहानै देखि निर्वाध रुपमा पोलियो थोपा खुवाएका छन् ।

नेपाली हेल्थसंगकुरा गर्दै मन्त्री थापाले सुरुवात नै गर्न नसक्ने प्रमुखलाई जिम्मेबारीबाट मुक्त गरेर मात्रै के कति प्रक्रियाले गर्न नसकेको भन्ने बारेमा सोधपुछ गरिने बताए । ‘पहिलो कुरा उहाँहरु यस्तो कार्यक्रम सुरुवात गर्न नसकेपछि उहाँहरु जिल्लाको प्रमुखरुपमा जिम्मेबार लिन आवश्यकता रहेन, त्यसपछि मात्रै के कति कारणले हुन सकेन र ऐन कानूनले क भनेको छ भन्ने तर्फ जानेछौँ ।’

उनले सुरुवात नभएका जिल्लामा भोलीबाटै सुरुवात गर्ने समेत बताए । त्यसका लागि आवश्यक थप तयारी भईरहेको जानकारी दिए ।

उनले स्वास्थ्यका नेतृत्वसंगको असहमति आम सर्वसाधारणका छोराछोरीमाथि पोखेको टिप्पणी गरे । ‘यो पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी नभएर यो मन्त्री र सचिवलाई असर गर्ने त होइन , यसको असर त आम सर्वसाधारणका बच्चाहरुमा हुने हो । जनयुद्धका बेला समेत निर्वाध सेवा दिएको दावी गर्ने स्वास्थयकर्मीले यस्तो निलज्जता प्रकट गर्नुहुन्छ भन्ने लागेको थिएन,’ उनले भने ।

आन्दोलनरत ९ (ख)वाला स्वास्थ्यकर्मीले पदस्थापनको माग राख्दै पोलियो खुवाउने अभियानमा अवरोध गरेका हुन् । उनीको यो कदमको चौतर्फी आलोचना भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *