केडीसीमा सुरु भयो मुख तथा घाँटीको क्यान्सरको उपचार सेवा

काठमाडौँ, १७ फागुन । बसुन्धरास्थित केडीसी हस्पिटलमा मुख तथा घाँटीको क्यान्सर उपचार सुरु भएको छ । भक्तपुरस्थित काठमाडौँ क्यान्सर सेन्टरसंगको सहकार्यमा केडीसीले सो सेवा सुरु गरेको हो ।

मुख तथा घाँटीको क्यान्सरको उपचार गर्न केडीसीमा स्थापना भएको ‘केडीसी हेड एण्ड निक अंकोलोजी युनिट’को आजबाट औपचारिक शुभारम्भ गरिएको छ । मणिपाल कलेज अफ डेन्टल साइन्सेजका मेङलोर भारतबाट आएका एसोसियट डीन प्राडा मोहन बालिगाले सो युनिटको उद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै प्राडा बालिगाले गएको क्यान्सर रोगको उपचारका केडीसीले गरेको प्रयासको प्रशंसा गरे । उनले केसीडीको सेवालाई प्रभावकारी बनाउन आफ्नो सहयोग रहने बताए ।

कार्यक्रममा बोल्दै काठमाडाँै क्यान्सर सेन्टरका प्रतिनिधी डा सुवास पण्डितले मुख तथा घाँटीको क्यान्सरको उपचार केडीसीमा सुरु हुने र त्यसका लागि आवश्यक सहयोग आफ्नो अस्पतालबाट दिने बताए । उनले क्यान्सरको निदान र सर्जरीको काम केडीसीमा हुने सेकाई तथा किमो दिने काम क्यान्सर सेन्टरमा हुने बताए ।

अर्का चिकित्सक डा प्रभात चन्द्र ठाकुरले केडीसीमा क्यान्सर उपचारका लागि चाहिने सबै उपकरण रहेको भन्दै स्तरीय उपचार हुने दावी गरे । सिभिसिटी मेसिन, स्तरीय प्याथोलोजी डिपार्टमेन्ट, अप्रेसन थिएटर र अन्य उपकरण तयारी अवस्थामा रहेकोले क्यान्सरको विरामीका लागि उपचार गर्न सुरु गरिएको बताए ।

अस्पतालका ओरल एण्ड म्याग्जिलोफेसियल सर्जन डा सुमित सिंह र डा विकास देसारले केडीसीमा धेरै क्यान्सरका केशहरु आईरहेकोले त्यसलाई सम्वोधन गर्न युनिट खडा गरिएको बताए ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले क्यान्सरका विरामीहरुलाई सहज उपचारका लागि केडीसीले नयाँ युनिट थप गरेको बताए । उनले उपचारका लागि दक्ष जनशक्ति र आवश्यक उपकरण रहेको भन्दै समयमै सहि उपचार दिन केडीसी तयार रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *