अवैध डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ

0
Shares

दाङ, १७ फागुन । दाङमा अवैधरुपमा प्याथोलोजी र डेन्टल क्लिनिक सञ्चालन गर्ने दुईजना पक्राउ परेका छन् ।

लालमटिया–३, भालुवाङ बजारमा स्वर्गद्वारी डेन्टल क्लिनिक सञ्चालन गर्ने २६ वर्षीय समिर भण्डारी र भालुवाङ बजारमै मौसम प्याथोलोजी सेन्टर सञ्चालन गर्दै आएका २३ वर्षीय गौतम गिरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

भण्डारी र गिरीले प्याथोलोजी र डेन्टल क्लिनिक स्वीकृति नलिएरै सञ्चालन गर्दै आएका थिए ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्वीकृति नलिएर जनताको स्वास्थ्यमा खेलवाड गरेको तथा औषधि समेत अवैधरुपमा बिक्री वितरण गरिरहेको भन्ने जनगुनासोको आधारमा भण्डारी र गिरीलाई पक्राउ गरिएको एसपी सिंहले बताए । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु भएको उनले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *