उपराष्ट्रपति नन्दबहादुर पुन नर्भिक अस्पताल भर्ना

काठमाडौँ, १६ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को थापाथलीस्थित नर्भिक ईन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ ।चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, वान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि हिजो (आईतबार) राती ९ः३० बजे थप उपचारको लागि नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

डा. मधु घिमिरे र डा. शिवजी विक्रम शिलवालले उनको उपचारमा सहभागी भएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।
‘डाक्टरहरुले उहाँको शरिरमा सोडियम र पानीको मात्रासमेत कम देखिएको बताउनु भएको छ । सम्माननीय उपराष्ट्रपतिज्यूको स्वास्थ्यमा हिजो साँझदेखि नै क्रमिक सुधार आईरहेको छ,’ प्रेस संयोजक मगरले भने ।

उपराष्ट्रपतिलाई भेटन आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका थिए । उनले उपराष्ट्रपति स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका थिए । यसैगरी आज विहानै माननीय उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा पनि अस्पताल पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *