स्वास्थ्यकर्मीलाई पोलियो खोपमा सहभागी भईदिन स्वास्थ्य विभागको अपिल

काठमाडौँ, १५ फागुन । स्वास्थ्य सेवा विभागले देशका १५ जिल्लामा आउदो २१ र २२ फागुनमा हुन लागिको पोलियो खुवाउने कार्यक्रममा सहभागी भईदिन स्वास्थ्यकर्मी समक्ष अपिल गरेको छ ।

९ (ख) कार्यान्वनयको माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्य सम्वद्ध केही ट्रेड युनियनहरुले माग पुरा नभए आगामी खोप कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएपछि विभागको यस्तो अपिल आएको हो । यसअघि ७ र ८ फागुनको पूर्वनिर्धारित पोलियो थोपा खुवाउने अभियान स्वास्थ्यकर्मीको आन्दोलनकै कारण स्थगित भएको थियो ।

विभागका निमित्त महानिर्देशक डा राजेन्द्र पन्तद्धारा जारी अपिलमा भनिएको छ, ‘खोपको माध्यमाबाट अपांगता रुग्णता तथा अकाल मृत्यु हुनबाट जोगाउन सकिन्छ तसर्थ२१ र २२ फागुनमा गर्न लागिएको पोलियो थोपा खुवाउने कार्यक्रममा सदा झैँ सक्रिय सहभागीताको लागि सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवाला समक्ष हार्दिक अपिल गर्दछ ।’

त्यसो त नेपालले पोलियो रोग उन्मुलनको लागि सन २०१४ – २०१८ को अन्तिम रणनीति पनि पारित गरिसकेको छ ।उन्मुलनको संघारमा पुगेको स्थितिमा पोलियो खोप अभियान अन्त्यन्त महत्वपूर्ण मानिन्छ ।

अपिलमा खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको र २०५३ साल देखि पोलियो निरन्तर रुपमा सफलतापूर्वक चलेको समेत उल्लेख गरिएको छ ।

आगामी २१ र २२ फागुनमा काठमाडौँ उपत्यका सहित कैलाली, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी सहितका जिल्लामा पाँच बर्ष मुनिका १६ लाख बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “स्वास्थ्यकर्मीलाई पोलियो खोपमा सहभागी भईदिन स्वास्थ्य विभागको अपिल

  1. आफ्नै सरकारी कर्मचारीलाइ स्वास्थ्य अभियान सन्चालन गर्न आपिल गर्नुपर्ने कुन हद सम्मको प्रजातान्तरिक राज्यको बिडम्बना हो ?

  2. स्वास्थ्य सचिव ज्यु ले स्वास्थ्य कर्मिको आन्दोलन भएको सुन्नुमात्र भएको रहेछ । सायद HAAN रुिपि पट्टी अँखामा बाधिएकोले चारैतिर HAAN बाहेक अरु स्वास्थ्य कर्मी र ट्रेड युनियनको अस्तित्व देख्नु भएको छैन । स्वास्थ्यसेवा दिवस त HAAN ले केही विध्यार्थी ल्याएर प्रभात फेरि लगाए जस्तो होइन Sub NID चलाउन । तसर्थ महानिर्देशक ज्यु स्वास्थ्य कर्मिको जायज माग अर्थात तत तत स्वास्थ्य सस्थामा पदाधिकार सहितको पद व्यवस्थापन पुरा गराउन आवश्यक पहल गर्नु भएमा आन्दोलन समाप्त हुने छ ।अन्यथा sub NID र हात्ती पाईले कार्यक्रम का लागि अर्को मिति तय गर्दै गरे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *