एचआइभीको उपचारका लागि नयाँ रणनीति अपनाउन आह्वान

0
Shares

हानोई, ११ फागुन । भियतनामका स्वास्थ्य मन्त्रीले एचआईभी/एड्सको रोकथाम, सचेतना र उपचारका लागि नयाँ रणनीति अपनाउन आह्वान गरेका छन् ।

यस सम्वन्धी कार्यक्रमलाई जेल, दुर्गम र गरिवीमा रहेकालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।

भियतनामको एचआइभी/एड्स रोकथाम तथा नियन्त्रण निकायका प्रमुख न्युयन होङ लङले एचआइभी/एड्स रोकथाम तथा नियन्त्रणका लागि अप्नाइएको रणनीतिमा सुधार गर्नुपर्ने र उपचार सेवालाई थप गुणस्तर बनाउनुपर्ने बताए ।

भियतनामको सरकारी समाचार संस्था भिएनएसँगको कुराकानीमा उनले भियतनाममा झन्डै दुई लाख पाँच हजार जना एचआइभी सङ्क्रमित भएको सरकारी तथ्याङ्क रहेको जानकारी दिए । तीमध्ये एक लाख १५ हजार ५९४ जनालाई मात्रै उपचारको शिलशिलामा रहेका उनले बताए । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *