चार दिनदेखि स्वास्थ्यकर्मी धर्नामा

944
Shares

काभ्रे, ११ फागुन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ ‘ख’ बमोजिम पदस्थापन गर्नुपर्ने माग राख्दै काभ्रे जिल्लाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी चार दिनदेखि धर्नामा बसेका छन् ।

स्वास्थ्यकर्मी धर्नामा बस्दा आपत्कालीनबाहेक अन्य सेवा पूर्ण रुपमा ठप्प भएको छ । देशव्यापी रुपमा स्वास्थ्यकर्मीले ऐन कार्यान्वनको माग राख्दै झन्डै दुई महिनादेखि आन्दोलन गरिरहेको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ काभ्रेका अध्यक्ष पुरुषोत्तम सापकोटाले बताए । स्वास्थ्यकर्मीको माग तत्काल पूरा नगरे सम्पूर्ण सेवा ठप्प गर्ने उनले जानकारी दिए ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण जिल्ला जनस्वास्थ्य कार्यालयको प्रशासनिक काम प्रभाबित भएको कार्यालयका तथ्याङ्क अधिकृत जनार्दन न्यौपानेले बताए । स्वास्थ्यकर्मीकै आन्दोलनका कारण आवश्यक सामग्रीको आपूर्ति समेत रोकिएको छ । धर्नाकै कारण जिल्लाबाट केन्द्रमा जाने प्रतिवेदनसमेत रोकिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *