पोलियो थोपा २१ र २२ फागुनमा खुवाईदै, हात्तीपाईलेको औषधि ५, ६ र ७ चैतमा

1.6k
Shares

काठमाडौँ, १० फागुन । स्वास्थ्य मन्त्रालयले यसअघि स्थगित भएको पोलियो थोपा खुवाउने दिन आगामी २१ र २२ फागुनका लागि तय गरेको छ । त्यस्तै ५, ६ र ७ चैतमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने बताएको छ ।

यसअघि स्वास्थ्य सेवा बालस्वास्थ्य महाशाखाले ७ र ८ फागुनका लागि तय भएको पोलियो थोपा खुवाउने कार्यक्रम स्वास्थ्यकर्मी आन्दोलित भएका कारण स्थगित गरेको थियो । त्यस्तै फागुनको तेस्रो साताका लागि तय भएको हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम चैतमा सरेको हो ।

सरकारले यसपटक देशका १५ जिल्लामा पोलियो थोपा र ३० जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने योजना गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *