पोलियो थोपा २१ र २२ फागुनमा खुवाईदै, हात्तीपाईलेको औषधि ५, ६ र ७ चैतमा

काठमाडौँ, १० फागुन । स्वास्थ्य मन्त्रालयले यसअघि स्थगित भएको पोलियो थोपा खुवाउने दिन आगामी २१ र २२ फागुनका लागि तय गरेको छ । त्यस्तै ५, ६ र ७ चैतमा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने बताएको छ ।

यसअघि स्वास्थ्य सेवा बालस्वास्थ्य महाशाखाले ७ र ८ फागुनका लागि तय भएको पोलियो थोपा खुवाउने कार्यक्रम स्वास्थ्यकर्मी आन्दोलित भएका कारण स्थगित गरेको थियो । त्यस्तै फागुनको तेस्रो साताका लागि तय भएको हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम चैतमा सरेको हो ।

सरकारले यसपटक देशका १५ जिल्लामा पोलियो थोपा र ३० जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने योजना गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *