मानव अंग प्रत्यारोपण केन्द्रले ल्यायो दुईवटा मोडुलर ओटी
काठमाडौँ , ६ फागुन । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले आफ्नो सेवा विस्तार गर्दै २ वटा अत्याधुनिक मेडुलर अपरेसन थियटर सञ्चालनमा ल्याएको छ । भर्खरै मात्र कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले कलेजो प्रत्यारोपण र जटिल शल्यक्रियालाई थप सहज बनाउन मोडुलर ओ.टी.को स्थापना गरेको हो ।
अत्याधुनिक साधन सहितकको यस ओटी सञ्चालनमा आएपछि कलेजो प्रत्यारोपणका लागि केन्द्र आत्मनिर्भर भएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।
स्थापनाको छोटो अवधीमै ठूलो फड्को मारेको यस केन्द्रले अति शुलभ मुल्यमा वर्षेनी १०० भन्दा बढी मिर्गौला प्रत्यारोपण गर्दै आएको छ । केही समय अघि देखि कलेजो प्रत्यारोपण समेत सुरु गरेको छ ।
त्यसो त केन्द्रले प्रत्यारोपणसंगै अरु सेवाहरुपनि विस्तार गर्दै लगेको छ । हाल यस केन्द्रमा मिर्गौला तथा कलेजो प्रत्यारोपण लगायत मिर्गौला रोगसम्बन्धी परामर्श तथा सम्पूर्ण उपचार, मिर्गौला प्रत्यारोपण तथा दान सम्बन्धी सम्पूर्ण जानकारी, यूरोलोजी सेवा, मुटु रोग तथा पेट सम्बन्धी उपचार, पोषण सम्बन्धी जानकारी तथा अत्याधुनिक रेडियोलोजी र प्याथोलोजी सेवाहरु समेत उपलब्ध छन ।
यस केन्द्रमा नेपाल मात्र नभई विदेशी मुलूकबाट पनि मिर्गौला प्रत्यारोपणको लागि आउने विरामीहरुको चाप बढ्दो छ । हप्ताको ७ दिन २४ घण्टा निशुल्क डाइलाइसिस सेवा प्रदान गरिरहेको यस केन्द्रले डाइलाइसिस गर्न आउने विरामीहरुको सहजताका लागि केही दिनमै प्रभातकालिन तथा रात्रीकालिन निशुल्क बस सेवा समेत शुचारु गर्ने भएको छ ।
देशव्यापी रुपमा मृगौला तथा अन्य अंग फेल हुन बाट जोगाउन निरन्तर रुपमा निशुल्क स्वास्थ्य शिविर गर्दै आएको यस केन्द्रले यही २०७३ फागुन ७ गते रोल्पाको लिवाङमा मृगौला, कलेजो, मुटु तथा स्त्री रोग सम्बन्धी बृहत स्वास्थ्य शिविर गर्दै छ ।
करीब २५०० रोल्पाबसी यस शिविर बाट लाभान्वित हुने अनुमान रहेको केन्द्रका बरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठको भनाई छ ।
नयाँ मोडुलर ओटीको विहीबार स्वास्थ्य मन्त्री गगन कुमार थापाले उद्घाटन गरे ।
सम्पर्क इमेल : [email protected]