सीअहेव र हेअबीचको नेतृत्व विवाद यसरी समाधान गर्ने कि ?

– गोविन्दराज जोशी

स्वास्थ्य सेवालाई नै प्रतिकुल असर पर्ने गरी अहिले गरिएको स्वास्थ्य मन्त्रालय केन्द्रीत आन्दोलनको निकास तत्कालै हुने छाँट अहिलेसम्म देखिएको छैन् । कहिलेसम्म निकास निस्केला त्यसको पनि अनुमान लगाउन सकिदैन् । यद्धपी आन्दोलनको सहज निकास निस्कनु जरुरी छ ।

त्यसो त हरेक जसो आन्दोलनलाई आयोजकले बाध्यात्मक परिस्थितिमा गरिएको भन्ने गरेका छन् । स्वास्थ्यमा भईरहेको आन्दोलनलाई पनि सोही परिभाषामा व्याख्या गरिने गरिएको छ ।

मलाई के लाग्छ भने हाल भईरहेको आन्दोलन स्वास्थ्य सेवा ऐन तथा नियमावली भएका अपष्ट प्रावधानलाई टेकेर आफू अनुकुल परिभाषित गर्नुको उपज हो । त्यसकारण यो अस्पष्ट प्रावधानहरुलाई नसच्याउँदा सम्म आन्दोलनको स्थायी समाधान निस्कँदैन् ।

त्यो भनेको हाल आन्दोलनरत सीअहेव वा हेल्थ असिस्टेन्ट दुबै पक्षलाई समेट्ने गरी अर्थात अप्ठेरो नपर्ने गरि समाधानको उपाय खोजिनु पर्दछ । यदि त्यस्तो भएन भने आगामी दिनमा एउटै कार्यथलोमा काम गर्ने व्यक्तिहरुबीचको तिक्तताले सम्पूर्ण स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने कुरा स्पष्ट छ ।

हाल भईरहेको आन्दोलनको मुख्य विषय स्वास्थ्य चौकी स्तरमा नेतृत्व कसले लिने भन्नेमा केन्द्रीत छ । यस अवस्थामा हालको संरचनामा कुनै पदलाई विस्थापित हुने गरिनुभन्दा स्वास्थ्य चौकी प्रमुखको एउटा नयाँ पद सिर्जना गर्नु उचित विकल्प देखिन्छ ।

त्यसो भयो भने को अव्वल को कमसल भन्ने विवाद समेत रहँदैन । सक्षम योग्य र उपल्लो दर्जाको अधिकारीले नेतृत्व गर्न पाउँछ । चाहे त्यो सीअहेव होस या हेअ ।

कुनै पनि व्यक्तिले लगानी अनुसारको प्रतिफलको आश गर्नु गलत कुरा होइन । आर्थिक होस या समयको । यहाँ आर्थिक लगानीलाई मात्रै ठुलो ठान्ने र समयको लगानी केही होइन भन्ने कुरा उचित होइन।  हामीले देखेका छौँ कतिपय ठाँउमा सीअहेवको नेतृत्वमा सञ्चालित स्वास्थ्य संस्था उत्कृष्ठ ठहरिएका छन् । कतिपय ठाँउमा हेअको नेतृत्वमा सञ्चालित स्वास्थ्य संस्थाको स्थिति अत्यन्त दयनीय छ ।

त्यसैले योग्यता अनुभव तह सक्षमता आदि सबैलाई मिलाएर नेतृत्वमा आउनसक्ने व्यवस्था गरौँ । त्यसका लागि मेरो प्रस्ताव यस्तो छ :

प्रस्तावित स्वास्थ्य चौकीको संरचनाः

निम्नानुसार कर्मचारीको व्यवस्थापन गर्नुपर्नेः
१. प्रत्येक स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी प्रमुख भनी छुट्टै पदको सिर्जना गर्नुपर्ने, उक्त पदको तह्स्तर छैटौँ सातौँ  हुनुपर्ने।

२. स्वास्थ्य चौकी प्रमुख पदमा नियुक्त हुन लोक सेवा आयोगले १०० प्रतिशत खुला परीक्षा मार्फत नियुक्त गर्नुपर्ने, परीक्षाको प्रकृति बस्तुगत र बिषयगत दुबैलाई समेटेको हुनुपर्ने।

३. स्वास्थ्य चौकी प्रमुख परीक्षामा सहभागी हुन स्वास्थ्य सेवामा काम गरेको हेअ, अहेव,अनमीले समेत सहभागी हुन पाउने।

४. परीक्षामा सहभागी हुन हेअ पदमा काम गरेको व्यक्तिले पाचौँ तहमा न्युनतम ३ वर्ष काम गरेको हुनुपर्ने, अन्य अहेव,अनमीले साविक नियमानुसार छैठौ तहमा स्तरवृद्धि भएको हुनुपर्ने।

५. परीक्षा उत्तीर्ण गर्न नसकेको कर्मचारीको साविककै नियमानुसार स्तरवृद्धि हुनुपर्ने।

६. जिल्ला तहको सुपरभाईजर पदको तह न्यूनतम छैठौ तह हुनुपर्ने र उक्त पदको लागि माथि उल्लेख भए बमोजिम नै खुला परीक्षाबाट नियुक्त गरिनुपर्ने।

यस किसिमको व्यवस्था प्रणालीले स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मागलाई सम्बोधन गर्ने देखिन्छ। हाल भैरहेको योग्यता र क्षमताको कदर बारेको विवाद पनि समाधान हुने देखिन्छ।

कुनै व्यक्ति ठूलो लगानी लगाएर हेअ पढेर आएको छ भने पनि उसको क्षमता परीक्षाले निर्धारण गर्दछ र लामो समय कटिबद्ध भई स्वास्थ्य क्षेत्रमा काम गरेकाहरुको अनुभवको कदर पनि उक्त परीक्षाले गर्ने देखिन्छ।

अर्को तर्फ नर्सिङ क्षेत्रमा काम गरिरहेका अनमीहरु पनि योग्य र क्षमतावान छन् भने उनीहरुले पनि संस्थाको नेतृत्व सम्हाल्ने मौका पाउन सक्दछन्।

जिल्ला तहमा अनुभव विहिन सुपरभाइजर आउँदा निजहरुको शान मात्रै देखिने कार्यक्षमता नदेखिने कुराको अन्त्य हुने देखिन्छ। स्वास्थ्य क्षेत्रको केही अवस्था बुझेर प्रतिस्पर्धा मार्फत आएको सक्षम र योग्य व्यक्तिले नेतृत्व लिएको खण्डमा कर्मचारीहरुबीचको मनमुटाव शान्त भई सम्पूर्ण स्वास्थ्य क्षेत्रको सुधार देखिने कुरा निश्चित नै छ।

  • जोशी नवदुर्गा स्वास्थ्य चौकी डडेल्धुरामा हेल्थ असिसटेन्ट पदमा कार्यरत छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “सीअहेव र हेअबीचको नेतृत्व विवाद यसरी समाधान गर्ने कि ?

  1. लेख्ने पनि तरिका हुन्छ कि जे पायो तहि लेख्ने मुर्खता को पनि सिमा हुन्छ

  2. hey CMA le incharge paune vaya SLC deko le pani ta testai thau paunu paryo ni dina sakxas ha aakhir CMA n SLC saman ta ho ani k HA 3 years padera n SLC saman lai akai thau ma rakhna bilkul mildaina soo Health post incharge HA nai hunu parxa chahe CMA hos ya CMA ko bau yogyata pani ta hunu parxa ni yrr natra CMA le incharge pauxan vane senior HA le Dr. lekhna paunu parxa….

Leave a Reply

Your email address will not be published. Required fields are marked *